Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

डलरसँगै विभिन्न देशका मुद्रा ८५ हजारभन्दा बढी नगदसहित एकजना विमानस्थलबाट पक्राउ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट बाह्‍य मुलुकतर्फ लैजान लागेको डलरसँगै विभिन्न देशका मुद्रा ८५ हजारभन्दा बढी नगदसहित एकजना पक्राउ परेका छन् ।

अमेरिकी डलर १० हजार ५ सय, युरो २६ हजार ७ सय, चाइनिज युआन ७ हजार ४ सय र Fem hundra kronor (स्विडेन) ४३ हजारसहित स्वीडिस नागरिक ५१ वर्षीया KUNCHOK KHANDRO मंगलबार बिहान पक्राउ परेकी हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले सिचुवान एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट चीन जान लागेकी उनलाई जाँच गर्नेक्रममा उनको ब्यागबाट उक्त मुद्राहरू फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रहरीले जनाएकाे छ ।

Health Tips Ad Road Block