Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

होटल इष्टर्न नेपालको आईपीओ आउँदै, एनआईसी एसिया क्यापिटल बिक्री प्रबन्धक नियुक्त

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । होटल इष्टर्न नेपाल लिमिटेड अर्थात् होलिडे इन एक्स्प्रेस एण्ड स्विट्स धुलाबारीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त भएको छ ।

मेचिनगर–१०, झापामा कारोबार कार्यालय रहेको होटल ईष्टर्न नेपाल लिमिटेडको प्रबन्धपत्रमा व्यवस्था भएअनुसार प्रचलित कानूनको अधिनमा रही भविष्यमा सर्वसाधारणहरुमा प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्नको लागि एनआईसी एशिया क्यापिटल लिमिटेड र होटल ईष्टर्न नेपाल लिमिटेडबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी दुईपक्षीय सम्झौता सम्पन्न भएको छ ।

होटल ईष्टर्न नेपाल मेचिनगर–१०, झापामा रहेको अन्तर्राष्ट्रियस्तरको प्रस्तावित ५ तारे होटल हो । होटल ईस्टर्न नेपाल संचालनको लागि इन्टर कन्टिनेन्टल होटल्स ग्रुप एसिया प्यासिफिक (आइएचजी) को ब्रान्ड अन्तर्गत होलिडे इन एक्स्प्रेस एण्ड स्विट्स सँग व्यवस्थापकीय सम्झौता समेत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । जस अन्तर्गत होटलको समग्र व्यवसाय विस्तार, होटल संचालन तथा व्यवस्थापनमा प्रत्यक्ष सहभागिता रहने छ । निर्माणको अन्तिम चरणमा रहेको होटल ईष्टर्न नेपालले २०८३ साल जेठभित्र सफ्ट ओपनिङ्ग गर्ने लक्ष्यसहित सम्पूर्ण आवश्यक प्रकृया अगाडि बढाएको जनाएको छ ।

होटल संचालनमा आउन साथ पाँच तारा होटल स्तरको सम्पूर्ण सेवाहरु जस्तै Casino, Dedicated High-End Gaming and Entertainment, Rooftop Swimming Pool, Comfort, Luxury, Suites and Modern Rooms, Banquet Halls, Multiple Dining Outlets, Rooftop Restaurant, Jacuzzi, Spa, and fully Equipped Health Club, In-house Laundry and Professional Housekeeping लगायतका सेवा उपलब्ध हुनेछन् । होटलको निर्माण सम्पन्न गरी नियमित संचालनमा आएको अवस्थामा होटल रहेको स्थान इण्डियन बोर्डरबाट जम्मा ७ किलोमिटरको दूरी रहेको तथा इण्डियन विमानस्थल, बागडोरा जम्मा २७ किलोमिटरको दूरीमा रहेको हुँदा इण्डियन ग्राहकहरुलाई लक्षित सेवा प्रदान गरिने जनाइएको छ । अन्तर्राष्ट्रियस्तरको होटल ईष्टर्नले नेपालको पूर्वी क्षेत्रमा मात्र नभई समग्ररुपमा नेपालको टुरिजम क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

Health Tips Ad Road Block