काठमाडौं । नेपालले तेस्रोपटक खेल्न लागेकाे आईसीसी टी–२० विश्वकपको आज शुरुवात गर्दैछ । नेपालको खेल सवा ३ बजे मुम्बइको वाङ्खडे स्टेडियममा सुरु हुनेछ । नेपालले २०२६ को आफ्नो पहिलो खेल बलियो मानिएको टोली इंग्ल्यान्डसँग खेल्दैछ ।
शनिबारदेखि शुरु प्रतियोगिताको पहिलो दिन तीन खेल सम्पन्न भइसकेका छन् र तीनवटै खेलमा एसोसियट टोलीले टेस्ट राष्ट्रलाई कडा टक्कर दिएका थिए । नेदरल्यान्ड्सले पाकिस्तान, स्कटल्यान्डले वेस्ट इन्डिज अनि अमेरिकाले भारतविरुद्ध खेले । आईसीसी वरियतामा तेस्रो स्थानमा रहेको इंग्ल्यान्डविरुद्ध खेलेर नेपाल जीतको खोजीमा हुनेछ । यसअघि दुई विश्वकपमा समूह चरणबाट अगाडि बढ्न नसकेको नेपाल यसपटक भने सुपर ८ पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ । त्यसका लागि नेपालले समूह चरणका चारमध्ये कम्तीमा २ खेल जित्नुपर्नेछ र इंग्ल्यान्डसँगकै खेलमा जित निकाल्न सके आगामी खेलका लागि नेपाली टोलीको मनोबल उच्च हुनेछ । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको इंग्ल्यान्डसँग यो पहिलो भेट हुनेछ ।
समूह ‘सी’ मा इङ्ल्यान्ड, नेपाल, दुईपटकको च्याम्पियन वेस्ट इन्डिज, डेब्यु टोली इटाली र स्कटल्यान्ड रहेका छन् ।
तस्विरः क्यान






















