ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

ग्यास अभाव हुँदैन, बढी सञ्चय नगर्नु: एलपि ग्यास उद्योग संघ

काठमाडौं । नेपाल एलपि ग्यास उद्योग संघले बजारमा ग्यास अभाव नरहेको भन्दै बढी सञ्चय नगर्न उपभोक्तालाई आग्रह गरेको छ । काठमाडौं उपत्यकामा एलपि ग्यास (खाना पकाउने ग्यास) को अभाव भनी विभिन्न पत्र पत्रिका, सामाजिक सञ्जाल तथा समाचार माध्यमहरूले समाचारहरू सम्प्रेषण गरेको प्रति संघको गम्भीर ध्यानाकर्षण भएको भन्दै एक विज्ञप्तिमार्फत संघले यस्तो आग्रह गरेको हो ।

संघका अध्यक्ष दिवान बहादुर चन्दले भारतका विभिन्न रिफाइनरिहरूबाट नेपालका लागि एलपि ग्यास आयात हुने तर विगत केही समय रिफाइनरिहरूको मर्मत, ढुवानीकर्ता आदिका कारणले बजारमा केही दिन देखि एलपि ग्यासको अभाव देखिएकोमा दुख व्यक्त गरेका छन् । उनले हाल आएर प्रत्येक उद्योगहरूले आफूले आयात गर्नुपर्ने जति परिमाण ग्यास आयात गरि बजारमा बिक्रीवितरण गर्दै आएको र नेपाल आयल निगमले समेत बढी आयात गर्न अनुमति समेत दिईसकेको हुँदा अब बजारमा ग्यासको अभाव नहुने उपभोक्ताहरूलाई जानकारी गराएका छन्  ।

त्यसैले आवश्यकता अनुसार ग्यास आयात भइ उपभोक्ताहरू माझ पुर्याउने क्रम क्रमिकरुपमा बढिरहेकोले हाल कायम रहेको अवस्था समाधान हुँदै गएको हुँदा ग्यास अनावश्यक रुपमा भण्डारण नगर्न सम्पूर्ण उपभोक्ताहरूलाई उनले आग्रह गरेका छन् ।

ग्यास जस्तो अत्यावश्यक वस्तु हरेक उपभोक्ताहरू माझ उपलब्ध गराउन संघ प्रतिवद्ध रहेको जनाएको छ ।

Health Tips Ad Road Block