Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

ॐ समाज डेण्टल अस्पताल र एमभी दुगड ग्रुपबीच सम्झौता, कर्मचारीलाई विशेष स्वास्थ्य सुविधा प्रदान हुने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सडकदेखि सदनसम्मका नागरिकको स्वास्थ्य उपचारमा सक्रिय जनमैत्री अस्पतालका रूपमा परिचित ॐ समाज डेण्टल अस्पताल र MV Dugar Group बीच कर्मचारी कल्याण तथा स्वास्थ्य सेवामा सहकार्य विस्तार गर्ने उद्देश्यसहित सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ।
स्वास्थ्य सेवामा पहुँच विस्तार गर्दै निजी क्षेत्रका कर्मचारी तथा परिवारलाई गुणस्तरीय उपचार सुविधा उपलब्ध गराउने लक्ष्यका साथ गरिएको उक्त सम्झौताले दुवै संस्थाबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ। सम्झौताअनुसार MV Dugar Group का कर्मचारीहरू र उनीहरूको परिवारलाई ॐ समाज डेण्टल अस्पतालमार्फत दन्त उपचारसहित अन्य स्वास्थ्य सेवामा विशेष छुट तथा सहुलियत प्रदान गरिने उल्लेख गरिएको छ।

सम्झौताले दन्त स्वास्थ्यसँग सम्बन्धित उपचार, परामर्श, परीक्षण तथा आवश्यक सेवाहरूलाई अझ सहज, प्रभावकारी र व्यवस्थित बनाउने लक्ष्य लिएको छ। साथै MV Dugar Group ले आफ्ना कर्मचारीहरूको स्वास्थ्य सुरक्षालाई थप मजबुत बनाउँदै दीर्घकालीन रूपमा उपचार सुविधा सुनिश्चित गर्न ॐ समाज डेण्टल अस्पतालसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

स्वास्थ्य क्षेत्रमा सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै अघि बढिरहेको ॐ समाज डेण्टल अस्पतालले विगत लामो समयदेखि विपन्न, असहाय तथा सेवाबाट वञ्चित वर्गलाई लक्षित गर्दै देशका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर तथा दन्त उपचार कार्यक्रम सञ्चालन गर्दै आएको छ। अस्पताल ‘सेवा नै धर्म हो’ भन्ने भावनासहित निरन्तर सेवा विस्तारमा जुटेको बताइएको छ। साथै अस्पताललाई “सडकदेखि सदनसम्मका नागरिकका लागि उपचार गर्ने अस्पताल” को रूपमा समेत चिनिन्छ।

सम्झौता अनुसार दुवै पक्षले कर्मचारी कल्याणलाई प्राथमिकतामा राख्दै स्वास्थ्य सचेतना अभियान, दन्त स्वास्थ्य कार्यक्रम, नियमित परीक्षण, सेवा प्याकेज, गिफ्ट भौचर तथा संयुक्त कार्यक्रमहरू सञ्चालन गर्ने विषयलाई समेत समेटेका छन्। यस सहकार्यले कर्मचारीहरूको स्वास्थ्य अवस्था सुधार गर्ने मात्र नभई संस्थागत सम्बन्धलाई समेत थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

सम्झौतामा MV Dugar Group को तर्फबाट पब्लिक रिलेसन मेनेजर विश्वास न्यौपाने तथा ॐ समाज डेण्टल अस्पतालको तर्फबाट बनस्थली शाखा प्रमुख सबिना पपन गुरुङ र अस्पतालका सञ्चालक समिति सदस्य तथा सामाजिक अभियन्ता राजन थापा ले हस्ताक्षर गरेका हुन्।

सम्झौता हस्ताक्षर कार्यक्रममा दुवै पक्षले यस सहकार्यले कर्मचारीहरूको स्वास्थ्य सुरक्षामा दीर्घकालीन योगदान पुर्‍याउने, सेवा पहुँचलाई अझ मजबुत बनाउने र स्वास्थ्य क्षेत्रमा निजी क्षेत्र–अस्पताल सहकार्यको उदाहरण प्रस्तुत गर्ने विश्वास व्यक्त गरेका छन्।

MV Dugar Group ले सामाजिक उत्तरदायित्वलाई महत्त्व दिँदै आफ्ना कर्मचारीहरूको स्वास्थ्य सुविधा सुदृढ बनाउन सहकार्य अघि बढाएको जनाएको छ भने ॐ समाज डेण्टल अस्पतालले यस्ता संस्थागत साझेदारीमार्फत अझ धेरै नागरिकलाई गुणस्तरीय, सुलभ र विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य अघि सारेको छ।

स्वास्थ्य सेवा विस्तार र कर्मचारी कल्याणलाई केन्द्रमा राखेर गरिएको यो सम्झौताले निजी क्षेत्र र स्वास्थ्य संस्थाबीच सहकार्यको नयाँ सम्भावना देखाएको छ। आगामी दिनमा यस सहकार्यबाट जनस्वास्थ्य प्रवर्द्धनमा थप सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

Health Tips Ad Road Block