Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

६० निर्वाचन क्षेत्रको छपाई सम्पन्न, धमाधम प्याक हुँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अहिलेसम्म ६० निर्वाचन क्षेत्रको छपाई सम्पन्न भइसकेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मतपत्र छपाईको हालसम्मको विवरणबारे प्रधानमन्त्री सुशिला कार्कीले स्थलगत अवलोकनका क्रममा निर्वाचन आयोगले यो विवरण दिएको हो ।

प्रधानमन्त्री कार्कीले बिहीबार गरेको जनक शिक्षा सामग्री केन्द्रको निरीक्षणमा देखिएको विवरण यस्तो छ:

१) प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को लागि जनक शिक्षा सामग्री केन्द्र, सानोठिमीमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनका लागि मिति २०८२ पुष २२ गतेबाट नमुना मतपत्र १०,९८,२०० (दश लाख अन्ठानब्बे हजार) छपाई सम्पन्न गरी विभिन्न जिल्लाहरुमा पठाई सकिएको।

२) मिति २०८२ पुष २६ गतेबाट समानुपातिक मतपत्र छपाई शुरु गरी मिति २०८२ माघ १३ गतेसम्म आवश्यक पर्ने जम्मा मतपत्र सङ्ख्या २,०८,३०,००० (दुई करोड आठलाख तीस हजार) छपाई सम्पन्न गरी प्याकिङ्ग तथा रुजु समेतगरी ढुवानीको लागि तयारी अवस्थामा राखिएको।

३) त्यसैगरी पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतका लागि आवश्यक पर्ने जम्मा मतपत्र सङ्ख्या २,०३,२३,००० (दुई करोड तीन लाख तेइस हजार) छपाई गर्नु पर्नेमा २०८२ माघ १६ गते देखि छपाई शुरु गरी मिति २०८२ माघ २२ गते विहान ८:०० बजेसम्म विभिन्न क्षेत्रका जम्मा ७२,६०,००० (बहत्तर लाख साठी हजार) मतपत्र छपाई भई ५८२५ (पाँच हजार आठ सय पच्चीस) बाकस प्याकिङ्ग भई सकेको।

४) डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकूम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी गरी जम्मा २५ जिल्लाको छपाई तथा प्याकिङ्ग सम्पन्न भई सकेको।

५) मिति २०८२ माघ २२ गते बिहान ८:०० बजेसम्म ६० निर्वाचन क्षेत्रको छपाई सम्पन्न भइसकेको।

Health Tips Ad Road Block