काठमाडौं । एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच सूर्यज्योति लाइफ इन्स्योरेन्सका बीमित र बीमा अभिकर्ताहरूलाई बैंकले लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सेवा प्रदान गर्नेसम्बन्धी एक रणनीतिक साझेदारी गर्ने समझदारी भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच दुई संस्थाबीच समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले हस्ताक्षर गरे । यसबाट सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका बीमित तथा अभिकर्ताहरूले वार्षिक शुल्क बिना क्रेडिट कार्ड प्राप्त गर्ने अवसर प्राप्त गर्दै निजहरूलाई आकस्मिक वित्तीय आवश्यकता व्यवस्थापन गर्न र डिजिटल भुक्तानीका सुविधाहरू उपयोग गर्न थप सहज बनाउनेछ ।
ग्राहकहरूलाई परिष्कृत र सुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने निरन्तरको प्रयास स्वरूप बैंकले सूर्यज्योति लाइफसँग गरेको यो सहकार्यबाट सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध बीमित र अभिकर्ताहरूलाई क्रेडिट कार्डको माध्यमबाट डिजिटल अर्थतन्त्रमा जोड्न थप लाभ पुग्ने बैंकले विश्वास लिएको बैंकका ब्राण्डिङ्ग एन्ड कर्पोरेट कम्युनिकेसन डिपार्टमेन्टका प्रमुख धिरेन्द्र प्रसाद वाग्लेले जनाएका छन् ।






















