काठमाडौं । आज पुस ९ गते शुक्रबार फेरि सुनको मूल्यले नेपाली बजारमा ऐतिहासिक रेकर्ड कायम गरेको छ । मूल्य ३ लाख १ हजार ४ सय रुपैयाँमा पुगेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो । हिजो २ लाख ९२ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । हिजोको तुलनामा सुनको मूल्य एकैदिन ९ हजार २ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्यले पनि नेपाली नयाँ रेकर्ड कायम गरेको छ । चाँदी प्रतितोला ६१९० रुपैयाँमा पुगेर रेकर्ड बनाएको हो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजार प्रभावका कारण नेपाली बजारमा सुनचाँदीको मूल्यले एकपछि अर्काे गर्दै नयाँ नयाँ रेकर्ड बनाइरहेको छ ।






















