Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

गरिमा विकास बैंकको लोगो तथा छाप परिवर्तन 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत पहिचानलाई समयसापेक्ष थप सशक्त बनाउने उद्देश्यका साथ मिति २०८२ माघ १ गते बिहीबार आजदेखि लागू हुनेगरी आफ्नो आधिकारिक लोगो तथा छाप परिवर्तन गरेको छ। विकास बैंकको दीर्घकालिन रणनीति अन्तर्गत २०८२ कार्तिक २७ गते सम्पन्न उन्नाईसौँ वार्षिक साधारणसभाबाट लोगो तथा छाप परिवर्तन गर्ने विशेष प्रस्ताव पारित भएपश्चात अन्य आवश्यक कानूनी प्रक्रियाहरु पूरा गरी नयाँ लोगो तथा छाप कार्यान्वयनमा ल्याइएको हो।

परिवर्तित लोगोले विकास बैंकको आधुनिकतासहितको सरल पहिचान तथा विश्वसनीय बैंकिङ सेवाप्रतिको प्रतिवद्धतालाई प्रतिविम्बित गर्ने विश्वास विकास बैंकले लिएको छ ।

बैंकले यस अवसरमा सम्पूर्ण ग्राहक तथा सरोकारवालाप्रति निरन्तर विश्वास र सहयोगका लागि धन्यवाद व्यक्त गर्दै, आगामी दिनहरूमा अझ प्रभावकारी र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

Health Tips Ad Road Block