Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

डिजिटल यात्रा र हाेटलसम्बन्धी जानकारी दिने इबुकिङ नेपाल डटकमको सुरुवात, पर्यटनमा याेगदान गर्ने अपेक्षा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । यात्रा तथा होटल सेवासम्बन्धी जानकारी र बुकिङ सुविधा प्रदान गर्ने डिजिटल प्लेटफर्म ebookingnepal.com को औपचारिक सुरुवात गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मंगलबार राजधानीमा आयोजित विशेष कार्यक्रममा उक्त प्लेटफर्मको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा आयोजकले सूचना तथा सञ्चार प्रविधिको तीव्र विकासले मानिसको दैनिक जीवनलाई सरल, सहज र व्यवस्थित बनाउँदै लगेको उल्लेख गरे । विशेषगरी हस्पिटालिटी र यात्रा क्षेत्रमा प्रविधिको प्रयोग आजको आवश्यकता मात्र नभई अपरिहार्य बनेको जनाइएको छ ।

नेपालको फस्टाउँदै गएको हस्पिटालिटी क्षेत्रमा अत्याधुनिक सूचना प्रविधिको अधिकतम उपयोग आवश्यक रहेको सन्दर्भमा नेपाल केन्द्रित डिजिटल ट्राभल तथा सेवा बुकिङ प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यका साथ ebookingnepal.com को औपचारिक सुरुवात गरिएको आयोजकको भनाइ छ ।

डिजिटल यात्रा तथा सेवा बुकिङ प्रणालीलाई अझै उपभोक्तामैत्री बनाउने लक्ष्यसहित सञ्चालनमा ल्याइएको यो प्लेटफर्म नेपाली हस्पिटालिटी क्षेत्रमा एउटा नयाँ र अर्थपूर्ण मानक बन्ने विश्वास आयोजकले व्यक्त गरेका छन् । कार्यक्रममा मन्त्री खरेलले यस प्लेटफर्मले नेपालकाे पर्यटन प्रवर्दन र सरकारकाे काममा टेवा पुर्याउने भनाइ राखे । कार्यक्रममा पर्यटन, प्रविधि, अर्थ क्षेत्रका विज्ञ, सरोकारवाला निकाय तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममार्फत ebookingnepal.com का सेवा, उद्देश्य र भविष्यका योजनाबारे विस्तृत जानकारी दिइएको थियो । यस प्लेटफर्ममार्फत होटल बुकिङ, ट्राभल सेवा, टुर प्याकेज तथा अन्य डिजिटल बुकिङ सेवाहरूलाई एउटै प्लेटफर्ममा सहज, सुरक्षित र विश्वसनीय रूपमा उपलब्ध गराइने इ-बुकिङ नेपालका सञ्चालक डा. भुपालमान श्रेष्ठले बताए । डिजिटल प्रविधिको प्रयोगमार्फत नेपालको पर्यटन तथा सेवा क्षेत्रमा सकारात्मक योगदान पुर्‍याउनुका साथै राजस्व अभिवृद्धिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

साथै सेवा विस्तार र साझेदारीमार्फत आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच बढाउने योजना पनि रहेको आयोजकले बताएका छन् । ebookingnepal.com लाई नेपालको पर्यटन तथा हस्पिटालिटी क्षेत्रको अग्रणी डिजिटल प्रवेशद्वारका रूपमा विकास गर्दै यात्रुहरूलाई प्रामाणिक अनुभवसँग जोड्ने र दिगो तथा समावेशी आर्थिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्य लिइएको छ । यसले स्थानीय पर्यटन व्यवसायलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने उपकरणहरू पनि उपलब्ध गराउने जनाइएको छ ।

अत्याधुनिक प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (AI) को प्रभावकारी प्रयोग गरिएको यो प्लेटफर्म नेपाली र अंग्रेजी दुवै भाषामा सञ्चालन गर्न सकिने छ । खोजदेखि बुकिङसम्मको सम्पूर्ण प्रक्रिया सहज, पारदर्शी र सांस्कृतिक रूपमा समृद्ध हुने विश्वास गरिएको छ । ebookingnepal.com को मोबाइल एप iOS र Android दुवै प्लेटफर्ममा उपलब्ध रहेको छ । प्रयोगकर्ताले Apple App Store र Google Play Store मार्फत एप डाउनलोड गरी सेवा लिन सक्नेछन् ।

एउटै एकीकृत प्लेटफर्मबाट यात्रासम्बन्धी सम्पूर्ण सुविधा उपलब्ध हुने भएकाले समय, श्रम र लागतको बचत गर्दै सेवाको प्रभावकारिता उल्लेखनीय रूपमा वृद्धि हुने आयोजकको दाबी छ ।

Health Tips Ad Road Block