ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

डिजिटल युगतर्फ नेपालः एक महिनामा क्युआर कोडमार्फत १ खर्ब १७ अर्बभन्दा बढीको कारोबार

मोबाइल बैंकिङमार्फत ५ खर्ब १६ अर्बको कारोबार

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । एक महिनामा क्युआर कोडमार्फत १ खर्ब १७ अर्बभन्दा बढीको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले २०८२ मंसिर महिनाको यो तथ्याँक दिएको हो । केन्द्रीय बैंकका अनुसार क्यु–आर कोड भुक्तानीअन्तर्गत ४ करोड २१ लाख कारोबारमार्फत १ खर्ब १७ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएको छ ।

राष्ट्र बैंकका अनुसार मङ्सिरमा डेबिट कार्ड प्रयोगकर्ताहरूले १ करोड कारोबारमार्फत ७७ अर्ब २२ करोड रुपैयाँ बराबरको कारोबार गरेका छन् ।

त्यसैगरी मोबाइल बैंकिङअन्तर्गत ६ करोड ३१ लाख कारोबारमार्फत ५ खर्ब १६ अर्ब ४९ करोड कारोबार भएको केन्द्रीय बैंकले चालु आर्थिक वर्षको वर्तमान आर्थिक अवस्थाबारे जानकारी दिँदै उल्लेख गरेको छ ।

Health Tips Ad Road Block