Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

विपद् जोखिम न्यूूनिकरणमा चेम्बर अफ कमर्स कमर्सले थाल्यो पहल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले विपद् जोखिम न्यूनिकरणका लागि सचेतना तथा सहकार्य केन्द्रित पहल शुरु गरेको छ । भूकम्प, बाढी, पहिरो, भू–क्षयलगायतका प्राकृतिक विपद्बाट हुने सम्भावित क्षति न्यूनीकरणका लागि पूर्वतयारी, प्रतिकार्य योजना, उद्धार व्यवस्थापन तथा अस्थायी आश्रयस्थल निर्माणजस्ता विषय समेटेर चेम्बरको अगुुवाईमा तयार गरिएको विपद् जोखिम न्यूनिकरण सहयोगी पुस्तिका सार्वजनिक गरिएको छ ।

नेपाल चेम्बर अफ कमर्सको अगुवाइमा नेपाल इमरजेन्सी सेल्टर एण्ड डिजास्टर प्रिभेन्सन एजुकेशन एड (नेपा), इन्स्टिच्युट अफ क्राइसिस म्यानेजमेन्ट स्टडिज, इभेन्ट एण्ड भेन्युु एशोसिएसन नेपाल लगायतसंस्थाहरुको सहकार्यमा उक्त सहयोगी पुस्तिका सार्वजनिक गरिएको छ । पुस्तिकाले विपद् आउनुअघि अपनाउनुपर्ने सावधानी, विपद्का बेला अपनाउनुपर्ने उपाय तथा विपद्पछिको पुनःस्थापना प्रक्रियामा सहयोग पुग्ने व्यावहारिक जानकारी समेटेको छ ।

विपद्का समयमा तत्काल सुरक्षित आश्रयको अभाव हुने अवस्थालाई ध्यानमा राख्दै स्थानीय पार्टी प्यालेस तथा निजी संरचनासँग सहकार्य गरी अस्थायी आश्रयस्थल निर्माण गर्ने प्रस्तावसमेत अघि बढाइएको चेम्बरले जनाएको छ । यस पहलले विपद् प्रभावित नागरिकलाई समयमै सुरक्षित स्थान उपलब्ध गराउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

विपद् जोखिम न्यूनिकरण सहयोगी पुस्तिका अनावरण कार्यक्रममा चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले सुरक्षित भविष्य निर्माणका लागि राज्य, निजी क्षेत्र र समुदाय सबैको सामूहिक जिम्मेवारी अपरिहार्य रहेको बताए । सामाजिक उत्तरदायित्वअन्तर्गत चेम्बरले विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखेर पहल गरिरहेको उनको भनाइ थियो ।

जलवायु परिवर्तनको प्रतिकूल असर सबैभन्दा बढी नेपालजस्ता विकासोन्मुख मुलुकले भोग्नुपरेको उल्लेख गर्दै अध्यक्ष अग्रवालले विपद्बाट सबैभन्दा बढी प्रभावित समुदाय र जनतालाई केन्द्रमा राखेर योजना र कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । विपद्का समयमा फैलिने मिथ्या तथा भ्रमपूर्ण सूचनाले उद्धार र राहत कार्यमा गम्भीर असर पार्ने भएकाले यस्ता सूचनाबाट जोगिँदै समुदायलाई एकीकृत र सचेत बनाएर प्रभावकारी रुपमा काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

नेपाल चेम्बरले निजी क्षेत्रको भूमिका केवल आर्थिक गतिविधिमा सीमित नराखी समाज र नागरिकको सुरक्षासँग जोडेर अगाडि बढाउने उद्देश्यसहित यस्ता पहललाई निरन्तरता दिने जनाएको छ ।

Health Tips Ad Road Block