Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

७०० उद्योग दर्ता हुँदा ५४३ उद्योग बागमती प्रदेशमा, २५ खर्बभन्दा बढी पुँजी परिचालन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा दर्ता भएका कुल ७०० उद्योगहरुमध्ये ५४३ उद्योग बागमती प्रदेशमा मात्रै दर्ता भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन २०८१/८२ को वार्षिक प्रतिवेदन (एकिकृत) ले यो विवरण देखाएको हो ।

आर्थिक वर्ष २०८१/८२ मा उद्योग विभागमा पर्यटन क्षेत्रमा २३५, सेवा अन्तर्गत ११०, उत्पादनमूलक क्षेत्रमा १०६, ऊर्जामा ३८, सूचना तथा प्रविधिमा १८५, कृषि तथा वनमा १२, पूर्वाधारमा २ र खनिजजन्यमा १२ गरी कुल ७०० उद्योगहरु दर्ता भएका हुन्।

यसमध्ये ६८ वटा ठूला, ५४ वटा मझौला र ५७८ वटा साना उद्योगहरु रहेका छन् । उक्त उद्योगहरुमा रु. २५ खर्व ८१ अर्ब १८ करोडको कुल पुँजी परिचालन भई ३५ हजार १ सय ४१ रोजगारी प्रस्ताव गरिएको छ ।

उद्योग विभागको स्रोतलाई उल्लेख गरी राष्ट्र बैंकले उक्त तथ्याँक दिएको हो ।

Health Tips Ad Road Block