कास्की। पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सकुम्बासीहरुको पछिल्लो अवस्था र लगत समेत सङ्कलन गरी प्रमाणीकरणको अन्तिम चरणमा रहेको छ।
पोखरा महानगरपालिकाले उनीहरूको उचित व्यवस्थापन पश्चात् बसपार्क क्षेत्र खाली गर्ने जनाएको छ ।
नगर प्रमुख धनराज आचार्यले सुकुम्वासीहरूको व्यवस्थापनका लागि सम्पूर्ण तयारी गरिएको बताएका छन् ।
पहिलो चरणमा भूमिहीन सुकुम्वासी र भूमिहीन दलितहरूको व्यवस्थापन गरिने उनले जानकारी दिएका छन्।





















