skip this News Page Tips Ad Road Block

देशभर विद्युत मिटर आवश्यक पर्नेले विद्युत प्राधिकरणका कार्यालयमा निवेदन दिएर लिन सक्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । देशभर विद्युत मिटर आवश्यक पर्नेले विद्युत प्राधिकरणका कार्यालयमा निवेदन दिएर लिन सकिने व्यवस्था भएको छ ।

नेपाल विद्युत प्राधिकरणमा ५०,००० वटा विद्युत मिटर उपलब्ध भइसकेको र ती मिटरहरू सम्बन्धित सातै प्रदेशमा पठाइसकिएको प्राधिकरणले जनाएको छ ।

त्यसैले नयाँ विद्युत् मिटर आवश्यक पर्ने सम्पूर्ण सेवाग्राहीहरूलाई आफ्नो नजिकको नेपाल विद्युत प्राधिकरणको कार्यालय वा प्रादेशिक कार्यालयमा गई आवश्यक प्रक्रिया पूरा गर्दै निवेदन दर्ता गर्न प्राधिकरणले भनेको छ ।

सेवाग्राहीको सहज, पारदर्शी र प्रभावकारी सेवा प्रवाह गर्न प्रतिबद्ध रहेको प्राधिकरणले जनाएको छ ।

Health Tips Ad Road Block