skip this News Page Tips Ad Road Block

दुई क्यासिनोका सञ्चालकसहित २० नेपाली पक्राउ

Citizenlife ad 2082 falgun to baishak 2083

विराटनगर । दुई क्यासिनोका सञ्चालकसहित २० नेपाली नागरिक पक्राउ परेका छन् । विदेशी नागरिकले मात्र प्रवेश गर्न पाउने कानुनी व्यवस्था उल्लंघन गर्दै क्यासिनोमा नेपालीहरुलाई लुकिछिपि प्रवेश गराएपछि मध्यरातमा प्रहरीले विराटनगरमा सञ्चालित दुई वटा क्यासिनोका सञ्चालकसहित २० नेपालीलाई पक्राउ गरेको हो ।

लामो समयदेखि नेपालीहरुलाई प्रवेश दिएर जुवा खेलाउने गरेको गुनासो भएपछि प्रहरीले गएराति छापा मारेर उनीहरुलाई रंगेहात पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरस्थित ‘बिग होटल’ भित्र सञ्चालित च्याम्पियन जोन क्यासिनो र ‘रत्ना होटल’ भित्रको गोल्डेन क्यासिनोमा प्रहरीले एकैसाथ छापा मारेको थियो । राति ११ बजे गरिएको उक्त कारबाहीका क्रममा गोल्डेन क्यासिनोका सञ्चालक लोकेन्द्र बहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका सञ्चालक रामकृष्ण गौतम पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले रत्ना होटलको क्यासिनोबाट १४ जना र बिग होटलको क्यासिनोबाट ६ जना गरी कुल २० जना नेपालीलाई रंगेहात नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका सबैलाई हाल जिल्ला प्रहरी कार्यालय मोरङमा हिरासतमा राखिएको छ । प्रहरीले पक्राउ परेकाहरुविरुद्ध सोमबार जुवा ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप कानुनी प्रक्रिया अगाडि बढाउने तयारी गरेको प्रहरीले जनाएको छ ।

Health Tips Ad Road Block