काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा भएको छ ।
लिमिटेडको पुस ४ गते शुक्रबार बसेको संचालक समितिको २९७ औं बैठकको निर्णयअनुसार हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत र कर प्रयोजनार्थ हाल कायम चुक्ता पूंजीको ०.७५ प्रतिशतले नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश दिने निर्णय भएको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी वार्षिक साधारण सभाबाट पारीत भएपछि शेयरधनीलाई वितरण गरिनेछ ।




















