काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशतभन्दा बढी बोनश शेयर दिने घोषणा गरेको छ ।
पुस ४ गते बसेको कम्पनीको संचालक समितिको २८० औं बैठकले आव २०८१/०८२ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता शेयर पूँजी रु.२२ करोड ३९ लाख ३३ हजार १४८ दशमलव २३ को १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो । त्यसमा १४.२५ प्रतिशत बोनश शेयर तथा सो बोनश शेयरको कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपश्चात् आगामी साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीले पाउनेछन् ।






















