काठमाडौं । यूनाईटेड इदीमर्दी एण्ड आरवि हाईड्रोपावर लिमिटेडले शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
आइतबार बसेको सञ्चालक समितिको बैठकले आव २०८१/८२ को खुद मुनाफा तथा संचित नाफाबाट चुक्ता पूँजिको ५ प्रतिशतले हुन आउने बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । चुक्ता पूँजिको ०.२६ प्रतिशतका दरले हुने रकम नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने सञ्चालक समितिको निर्णय छ ।
प्रस्तावित लाभांश कम्पनीको आगामी १६ औं वार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिनेछ ।






















