काठमाडौं । इमर्जिङ नेपालले गत वर्षको मुनाफाबाट लगानीबर्तालाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
आइतबार बसेको कम्पनी संचालक समितिको १०४ औं बैठकले कम्पनीको आव २०८१/८२ को अन्त्यसम्मको मुनाफा तथा संचित कोषबाट हाल कायम चुक्ता पूँजी रु.५५,५६,००,००० को ५.२६३१५ प्रतिशत बराबरको नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने निर्णग गरेको हो ।
प्रस्तावित लाभांश कम्पनीको अगामी दशौं साधारण सभाबाट पारित भएपश्चात एवं कम्पनी ऐन २०६३ को दफा १८२ (२) अनुसार अर्थ मन्त्रालयको स्वीकृतिपश्चात लगानीकर्तालाई वितरण गरिनेछ ।






















