Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

दोस्रोपटकमा पनि उपविजेतामै सिमित भयो सुदूरपश्चिम, एनपीएलको उपाधि लुम्बिनीलाई

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले जितेको छ । आज भएको फाइनल खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै उपाधि हात पारेको हो । योसँगै दोस्रोपटक पनि सुदूरपश्चिम उपविजेतामै सिमित भएको छ । पहिलो संस्करणको एनपीएलमा पनि सुदूरपश्चिम उपविजेता थियो

सुरुमा ब्याटिङ गरेको सुदूरपश्चिमले दिएको ८६ रनको झिनो लक्ष्य लुम्बिनीले नौ ओभरको समाप्तिमा पूरा गरेको हो । लुम्बिनीका लागि दिनेश अधिकारीले सर्वाधिक ४२ रन बनाए । कप्तान रोहित पौडेलले १६ रन, डार्सी सटले १४ रन र डिकवेलाले १० रन जोडे । सुदूरपश्चिमका लागि हेमन्त थामीले दुई विकेट हात पारे । कप्तान दिपेन्द्रसिंह ऐरी र अविनास बोहोराले एकएक विकेट लिए ।

त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दिपेन्द्रसिंह ऐरीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । बलिङको निम्तो पाएको लुम्बिनीको कसिलो बलिङ गर्दै सुदूरपश्चिम १९ ओभर एक बलमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटिदियो । सुदूरपश्चिमका लागि ओपनर इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए । कप्तान दिपेन्द्रसिंह ऐरी १३, हर्षित सिंह र स्कट कग्लेजिनले समान १०÷१० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।

सुदूरपश्चिमलाई कम स्कोरमा रोक्न बलिङमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेल, शेर मल्ल र रूवेन ट्रुम्पलम्यानले तीन तीन तथा तिलक भण्डारीले एक विकेट लिए ।

सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै फाइनल पुगेको हो भने दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले हराउँदै लुम्बिनी फाइनल पुगेको हो ।

तस्विरः एनपीएल

Health Tips Ad Road Block