Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

संसद् पुनर्स्थापना गरेरै छाडिन्छः केपी ओली

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको ११ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताउँदै संसद् पुनर्स्थापना गरेरै छाड्ने उद्घोष गरेका छन् । नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन समारोहलाई शनिबार भक्तपुरमा नेकपा एमालेको महाधिवेशनको अभियान देश जोगाउने अभियान भएको बताउँदै उनले यस्तो बताएका हुन् । एमालेको यो महाधिवेशनमा भएको उपस्थितिलाई कसैले अण्डरमाइण्ड नगरोस् भन्दै उाले चेतावनीसमेत दिए ।

ओलीले एमालेले देशलाई गलत दिशामा जान नदिने प्रतिबद्धता व्यक्त गरे । एमाले भएर देशको अभिभारा पुरा गर्ने उनले बताए । ‘देशलाई लोकतन्त्रमा फर्काएर छाडिन्छ, संसस्तोद् पुनर्स्थापना गरेर छाडिन्छ’, उनले भने ।

११ औँ महाधिवेशनको सन्देश एक र एक मिलेर ११ बन्ने कुरालाई बिर्सन नहुने उनले बताए । एक र एक मिलेर मात्र ११ बन्ने तर एक र एक छुट्टिँदा फगत एक मात्र हुने उनले धारणा छ ।

Health Tips Ad Road Block