काठमाडाैं । कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेडले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर दिने भएको छ ।
आर्थिक वर्ष २०८१र०८२ को मुनाफाबाट कम्पनीले बोनस शेयर दिने निर्णय गरेको हो । कम्पनीको बिहीबार बसेको सचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियमनकारी निकाय विद्युत नियमन आयोगको स्वीकृतिपश्चात् कम्पनीको आगामी १४ औं वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि शेयरधनीहरुलाई वितरण हुनेछ ।

















