ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

हिमालयन लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई ७ प्रतिशत लाभांश दिने, बोनस कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्था हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट ६.६५ प्रतिशत बोनस शेयर र ०.३५ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनको लागि) गरी जम्मा ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित गरेपछि शेयरधनीलाई प्रदान गरिनेछ ।

Health Tips Ad Road Block