Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

‘एन आई ३१’ का ईकाइहरुको कारोबार खुल्ला

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक रही नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापनमा संचालित नबिल म्युचुअल फन्ड अन्तर्गतको दोस्रो खुलामुखी योजना एन आई ३१ (NI 31) नामक योजनाका ईकाइहरुको खरिद/बिक्री कार्य मंसिर १५ गते सोमबारबाट सुरु भएको छ । यस योजना अन्तर्गतको व्यवस्थित लगानी योजना Systematic Investment Plan (SIP) मा दर्ता हुन चाहने लगानीकर्ताहरुले सोही दिन देखि लागु हुने गरी दर्ता गर्न सकिने कम्पनीले जनाएको छ ।

साथै एन आई ३१ का ईकाइहरु काठमाडौंको नक्साल, नारायणचौर स्थित सेन्ट्रल प्लाजामा रहेको नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय तथा कम्पनीको आधिकारिक वेबसाईट https://mutualfund.nabilinvest.com.np/ मार्फत खरिद/बिक्री गर्न सकिने कम्पनीले जनाएको छ ।

इच्छुक लगानीकर्ताहरुले SIP मार्फत पनि एन आई ३१ मा लगानी गर्न सक्नेछन् । त्यस्ता व्यक्तिले आफ्नो इच्छाअनुसार मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक अवधिको न्यूनतम रू. १,००० मा SIP  मार्फत एन आई ३१ मा लगानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

Health Tips Ad Road Block