काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच कडा प्रतिष्पर्धा हुँदैछ । आज अपरान्ह ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेल हुनेछ ।
जारी एनपीएलमा विराटनगर किंग्सले ५ खेलमा ४ जित र एक हारसहित ८ अंक जोडेको छ । सन्दीप लामिछानेको कप्तानीमा विराटनगर किङ्ग्स रहेको छ ।
त्यसैगरी रोहित कुमार पौडेको कप्तानीमा रहेको लुम्बिनी लायन्सका लागि प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्न पनि आजको खेल जित्नैपर्ने दबाब रहेको छ । लुम्बिनीले हालसम्म ५ खेलमा २ खेलमा मात्र जित हासिल गरेको छ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरमा लोकेश बम, प्रतिश जिसी जस्ता राष्ट्रिय खेलाडी छन् भने जर्ज मुन्सी, मार्टिन गप्टिल, शुभम सुबहस रंजने, मर्चेन्ट डी लंगे, फाफ डु प्लेसिस, साम्युएल डाली हीजलेट जस्ता विदेशी खेलाडी रहेका छन् ।
त्यस्तै रोहित कुमार पौडेलको कप्तानीमा खेलिरहेको लुम्बिनीमा सन्दीप जोरा, विवेक यादव जस्ता राष्ट्रिय खेलाडी छन् भने थोमस ड्राका, डार्सी सर्ट, गुलबदीन नाइब, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान जस्ता विदेशी खेलाडी रहेका छन् ।





















