Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

कोरला नाकालाई प्रभावकारी बनाउन साधनस्रोत, जनशक्ति व्यवस्थापनमा सरकारको ध्यान

Citizenlife ad 2082 falgun to baishak 2083

मुस्ताङ । गृह सचिव रामेश्वर दङ्गालसहितको टोलीले उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा–१,छोसेरस्थित नेचुङमा अध्यागमन–इमिग्रेसन) कार्यालयबाट भइरहेको सेवा प्रवाहबारे निरीक्षण गरेको छ । सचिव दङ्गालसहितको टोलीले जिल्लाको बस्तुस्थितीका बारेमा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायसँगको छलफलपछि अध्यागमन (इमिग्रेसन), भन्सार कार्यालय, सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी)सहित नाकामा रहेका सरकारी संयन्त्र तथा संरचनाको निरीक्षण गरेका हुन् ।

सो अवसरमा कोरला नाका ब्यवसायिक रुपमा सञ्चालन भएपछि हालसम्मको प्रगति, समस्या तथा आगामी दिनमा गर्नुपर्ने कामका बारेमा भन्सार प्रमुख रमेश खड्का र अध्यागमन कार्यालयका प्रमुख प्रवेश बडुवालले कोरला नाकाबाट समेत तिब्वत क्षेत्रको भ्रमणका लागि भइरहेको सहजीकरणका बारेमा जानकारी गराएका थिए । गृहसचिव दङ्गालले कोरला नाका सञ्चालन तथा यस क्षेत्रमा स्रोतसाधन पर्याप्त बनाउन सरकार प्रतिबद्ध रहेकाले आफ्नो जिम्मेवारी अनुसार काम गर्न कार्यालय प्रमुखलाई निर्देशन समेत दिए ।

गत भदौ महिनाको ३० गते ब्यवसायिक रुपमा भन्सार कार्यालय सञ्चालन तथा अध्यागमन कार्यालयले सेवा सुरु गरेपछि नेपाल सरकारको माथिल्लो तहबाट पहिलोपटक भ्रमण भएको छ । गृहसचिव दङ्गाललाई उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्रबाट हटाउन, विदेशी पर्यटकको समयअवधि बढाउन, नाकाबाट तिब्वती क्षेत्रमा जान थप सहज बनाउन लगायत स्थानीयका समस्याका बारेमा लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल बिष्टले अनुरोध गरेका थिए ।

गृहसचिव दङालसहित टोलीमा अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारी, गण्डकी प्रदेशका प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्य, गण्डकी प्रदेशका सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक दिपेन्द्र शाह, जिल्ला प्रशासन कार्यालय कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, मुस्ताङका प्रजिअ विष्णुप्रसाद भुसाल, प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामा,सशस्त्र प्रहरी बलका नायब उपरीक्षक, सशस्त्र प्रहरी भेसराज गिरी र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख विष्णुहरि पण्डित लगायतको सहभागिता रहेको थियो ।

Health Tips Ad Road Block