काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पालाई सम्मान गरेको छ । स्थापनाकालदेखि नै “निरन्तर सहयात्रा” गर्दै आएका कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पाले ३१ औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको क्रममा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानरसहित उच्च शिखरमा पुग्न सफल भएकोमा विकास बैंकले सम्मान गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले उनको उत्तरोत्तर प्रगतिको कामना सहित सम्मान गरेका हुन् ।
कीर्तिमानी पर्वतारोही शेर्पा विगत दुई दशकदेखि लुम्बिनी विकास बैंकमा “निरन्तर सहयात्री” बनी आबद्घ छन् । उनको यो कीर्तिमानी आरोहण आफ्नो लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालको लागि आफूले ३१ औं पटक आरोहण गरेको जानकारी दिए । उनको यस शाहसिक कार्यले लुम्बिनी विकास बैंकसहित सम्पूर्ण देशलाई गौरवान्वित बनाएको छ ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ । बैंकले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।






















