skip this News Page Tips Ad Road Block

बजाज चेतक ईभीः यस्तो छ धिरेन मान श्रेष्ठको लोमान्थाङ यात्राको एक अनुभव

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । विद्युतीय सवारी साधनका पारखी धिरेन मान श्रेष्ठले हालै बजाज चेतक ईभीमा एक असाधारण यात्रा सफलतापूर्वक पूरा गरेका छन् । उनले काठमाडौँबाट लोमान्थाङ हुँदै नेपालको उच्च हिमाली क्षेत्र अपर मुस्ताङको कोरला सीमा (४,६६० मिटर) सम्म यात्रा गरे । यस यात्राले चेतक ईभीको विश्वसनीयता र क्षमता प्रमाणित गर्दै, चुनौतीपूर्ण भू–भागहरूमा समेत सहज रूपमा यात्रा गर्न सक्छ भनेर प्रमाणित गरेर देखाएका छन् । “मैले कहिल्यै कल्पना गरेको थिइनँ कि एउटा इलेक्ट्रिक स्कूटरले यति कठिन परिस्थितिमा पनि सहजै यात्रा गर्न सक्छ,” धिरेन मान श्रेष्ठले भने । “काठमाडौंको व्यस्त सडकदेखि लोमान्थाङका उकाली–ओराली मार्ग र कोरला सीमासम्म, चेतक ईभीले एकदम उत्कृष्ट प्रदर्शन ग¥यो । यसको स्मूथ पावर डेलिभरी, प्रभावशाली रेंज र उच्च गुणस्तरको सस्पेन्सनले यो यात्रा सम्भव मात्र होइन, आनन्ददायी पनि बनायो ।”

श्रेष्ठको यो यात्रा नेपालको विद्युतीय गतिशीलता क्षेत्रमा एक महत्वपूर्ण उपलब्धि हो, जसले देखाउँछ कि ईभीहरू शहरभित्रका आवागमनका साथै उच्च हिमाली यात्राका लागि पनि सक्षम छन् । “यो यात्राले चेतक ईभी केवल वातावरणमैत्री मात्र होइन, शक्तिशाली, भरपर्दो र लामो दूरीका लागि तयार छ भन्ने प्रमाणित गर्छ”, उनले थपे ।

बजाज चेतक ईभीले नेपालमा व्यक्तिगत गतिशीलताको परिभाषा परिवर्तन गर्दै, प्रयोगकर्ताहरूलाई आराम, स्टाइल र प्रदर्शनमा कुनै सम्झौता नगरी वातावरणमैत्री विकल्प उपलब्ध गराएको छ ।

बजाज चेतक ईभीका बारेमा

बजाज चेतक ईभी दक्षता, टिकाउपन र स्टाइलका लागि डिजाइन गरिएको एक प्रिमियम इलेक्ट्रिक स्कूटर हो । यसको सहज सवारी अनुभव र वातावरणमैत्री प्रविधिले नेपालमा शहरी तथा साहसिक यात्राको नयाँ पुस्ता प्रतिनिधित्व गर्छ ।

Health Tips Ad Road Block