skip this News Page Tips Ad Road Block

भिभो वाई ४०० नेपाली बजारमा सार्वजनिक

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ वाई सिरिज अन्तर्गतको शक्तिशाली मोडल भिभो वाई ४०० नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ । शैली, मनोरञ्जन, टिकाउपन र स्मार्ट प्रदर्शन चाहने प्रयोगकर्ताका लागि तयार गरिएको यो फोन केवल स्मार्टफोन मात्र होइन, एक सर्वगुण सम्पन्न साथी हो — जसले फ्ल्यागशिप स्तरको अनुभवलाई सुलभ मूल्यमा उपलब्ध गराउने कम्पनीको भनाइ छ ।

‘भिभो वाई ४०० ले आधुनिक डिजाइन र प्रीमियम फिनिशमार्फत दैनिक स्मार्टफोन अनुभवलाई नयाँ उचाइमा पु¥याएको छ । यो फोन दुई आकर्षक रङमा उपलब्ध छ – प्राकृतिक मोतीको चमकबाट प्रेरित, पर्ल व्हाइट र रेशमी ग्रेडियन्ट र मेटालिक चमकसहित डायनामिक ग्रीन । ७.९ एमएम मेटालिक फ्रेम र अत्यन्तै पातलो बेजलहरू सहित, यसमा ३७% सम्म पातलो डिस्प्ले डिजाइन समावेश गरिएको छ । फोनको कुशन–कट डायमन्ड क्यामेरा डिजाइनले यसको प्रिमियम आकर्षणलाई अझ मजबुत बनाएको छ ।’ कम्पनीले भनेको छ ।

६.६७–इन्च १२० हर्ज एएमोलेड डिस्प्लेले रंगीन र स्पष्ट दृश्य प्रदान गर्छ भने डुअल स्टेरियो स्पिकरले ४००% सम्म ध्वनि वृद्धि गरेर सिनेमाजस्तो अनुभव दिन्छ। एसजीएस आई प्रोटेक्सन प्रमाणित स्क्रिनले लामो प्रयोगमा पनि आँखाको सुरक्षा गर्छ, र इन–डिस्प्ले फिङ्गरप्रिन्ट अनलकले छिटो र सुरक्षित अनलक सुनिश्चित गर्छ। ५० एमपी सोनी आई एम एक्स ८५२ मुख्य क्यामेरा, ८ एमपी फ्रन्ट क्यामेरा र २ एमपी बोके क्यामेरा सहित, यो फोनले उत्कृष्ट तस्बिरहरू खिच्न सक्षम बनाउँछ । अण्डरवाटर फोटोग्राफी र वन–ट्याप वाटर इजेक्सन सुविधाले फोटोग्राफी अनुभवलाई अझ सहज बनाउँछन्। त्यसैगरी, एआई इरेज २.० र एआई फोटो इन्ह्यान्सले तस्वीरहरू एक क्लिकमै सफा र स्पष्ट बनाउँछन्, जबकि लाइभ फोटोले हरेक क्षणलाई गतिशील रूपले पुनर्जीवित गर्छ ।

भिभो वाई ४०० आई पी ६८÷६९ डस्ट एन्ड वाटर रेसिस्ट्यान्ट फोन भएकाले यो फोन २ मिटर गहिरो पानीमा ३० मिनेटसम्म सुरक्षित रहन्छ । वेट–ह्याण्ड टच अल्गोरिदमले भिजेका हातले पनि सहज प्रयोग सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।

फोनसँगै आउने एयर स्प्रीङ टेक्नोलोजी ड्रप रेजिस्टेन्ट केसले थप सुरक्षा प्रदान गर्छ, जसले झर्ने वा ठोक्किने जोखिमलाई न्यून पार्नै कम्पनीको दाबी छ ।

६००० एमएएच ब्लू–भोल्ट ब्याट्रीले ६१ घण्टासम्म संगीत, ४ घण्टा बढी भिडियो स्ट्रिमिङ र २ घण्टा बढी गेमिङको शक्ति दिन्छ । ४४ वाट फ्ल्यासचार्ज टेक्नोलोजीले १% बाट ५०% चार्जमा पुग्न मात्र ३० मिनेट लिन्छ । साथै, स्मार्ट चार्जिङ इन्जिन २.०, ओभरनाइट चार्जिङ प्रोटेक्सन र २४–डाइमेन्सन सेफ्टी मोनिटरिङले चार्जिङलाई सुरक्षित र भरपर्दो बनाउँछन्। डुअल–मोड्युल कुलिङ सिस्टमले उच्च प्रदर्शनका बेला पनि फोनलाई चिसो र स्थिर राख्छ ।

फोनसँगै आउने एयर स्प्रीङ टेक्नोलोजी ड्रप रेजिस्टेन्ट केसले थप सुरक्षा प्रदान गर्छ, जसले झर्ने वा ठोक्किने जोखिमलाई न्यून पार्छ ।

स्न्यापड्रैगन ६८५ (६एनएम) प्रोसेसरद्वारा संचालित भिभो वाई ४०० ले तेज र इनर्जी ईफिसिएन्ट पर्फमेन्स प्रदान गर्छ । यो फोनमा २५६ जि बी स्टोरेज र ८ जि बी एक्सटेन्डेड ¥यामको संयोजन छ, जसले मल्टिटास्किङ र स्मूथ अनुभव सुनिश्चित गर्छ। भिभोको ५० मन्थ स्मूथ एक्सपेरियन्स फिचरले लामो समयसम्म पनि उत्कृष्ट प्रदर्शन कायम राख्छ ।

एआई सुविधाहरूमा एआई नोट्स, एआई रेकर्डर, एआई डकुमेन्ट्स, स्क्रिन ट्रान्सलेसन, र सर्कल टु सर्च समावेश छन् — जसले नोट बनाउनेदेखि अनुवाद र सर्च कार्यसम्मलाई सहज बनाउँछ। साथै, लिंक टु विन्डोज फिचरले फोनलाई कम्प्युटरसँग सजिलै लिंक गर्न सकिन्छ ।

डिजाइन, प्रदर्शन र टिकाउपनको उत्कृष्ट संयोजनसहितको भिभो वाई ४०० अहिले नै भिभो अधिकृत रिटेल स्टोरहरू र दराज अनलाइन प्लेटफर्ममा रु. ३६,९९९ मा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Health Tips Ad Road Block