काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ५.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कात्तिक १७ गते बसेको बैंकको सञ्चालक समितिको ६३५ औँ बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लगानीकर्तालाई वितरण गरिनेछ ।




















