काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि कार्तिक १८ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन पाउने तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकले उन्नाइसौँ वार्षिक साधारण सभा कार्तिक २७ गते बिहीबार बिहान ११ बजे होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरा, कास्कीमा बोलाएको छ ।
बैंकले शेयरधनीलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । असोज २७ गते सोमबार बसेको बैंक सञ्चालक समितिको ३३४औँ बैठकले आर्थिक वर्ष २०८१/०८२ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनश शेयर र प्रस्तावित बोनस शेयर एवं नगद लाभांशको करसहितका लागि ४.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । यो प्रस्तावलाई सभाले पारित गर्नेछ ।






















