Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

१० महिनामा ९ लाख ४३ हजार पर्यटक नेपाल भित्रिए, अक्टोबर महिनामै नेपाल आए १ लाख २४ हजार

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सन् २०२५ को दश महिनामा ९ लाख ४३ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार सन् २०२५ को १० महिनामा कुल ९ लाख ४३ हजार ७ सय १६ पर्यटक नेपाल आएका छन् । यो अघिल्लो वर्षको तुलनामा सामान्य वृद्धि हो । सन् २०२४ को १० महिनामा ९ लाख ४१ हजार २४ पर्यटक नेपाल घुम्न आएका थिए ।

१० महिनाको तथ्याँक हेर्दा भारतबाट सबैभन्दा धेरै २ लाख ४३ हजार ३ सय ५० पर्यटक नेपाल आएका छन् । दोस्रो स्थानमा अमेरिका र अमेरिकाबाट १० महिनामा ९३ हजार ९ सय ८५ अमेरिकी नेपाल भ्रमणमा आएका छन् । तेस्रो स्थानमा रहेको चीनबाट ७८ हजार ९ सय २९ जना नेपाल आएका छन् । बेलायतबाट ४७ हजार २ सय ६१, बंगलादेश ४५ हजार २ सय ८७, अस्ट्रेलिया ३८ हजार ९ सय ८४, श्रीलंका ३२ हजार १ सय ३७, जर्मनी २४ हजार ८ सय ४१, थाइल्यान्ड २२ हजार २ सय ६१ र दक्षिण कोरियाबाट १९ हजार ३ सय २९ जना नेपाल आएको बोर्डको तथ्यांकमा उल्लेख छ ।

यस वर्ष १० महिनामा कुल पर्यटकमध्ये दक्षिण एसियाबाट ३५.८ प्रतिशत (३ लाख ३७ हजार ५ सय ११) र एसियाका अन्य देशबाट २०.९ प्रतिशत (१ लाख ९७ हजार २ सय ९६) पर्यटक आएको देखिन्छ । त्यस्तै युरोपेली देशबाट १९.१ प्रतिशत (१ लाख ८० हजार १ सय ४५) पर्यटक आएको बोर्डले जनाएको छ । अमेरिकी देशबाट १२ प्रतिशत (१ लाख १३ हजार ४ सय ५९), ओसियन क्षेत्रका देशबाट ४.४ प्रतिशत (४१ हजार ९ सय २), अफ्रिकी देशबाट ०.४ प्रतिशत (३ हजार ४ सय ७९) र अन्य क्षेत्रबाट ५.५ प्रतिशत (५१ हजार ५ सय १४) पर्यटक आएको बोर्डको तथ्यांक छ ।

बोर्डका अनुसार सन् २०२५ को अक्टोबर एक महिनामै १ लाख २८ हजार ४ सय ४३ पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो वर्षको तुलनामा यो ३.३ प्रतिशत धेरै हो । सन् २०२४ अक्टोबर महिनामा मा १ लाख २४ हजार ३ सय ९१ पर्यटक नेपाल आएका थिए ।

Health Tips Ad Road Block