Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आपत्तिजनक स्ट्याटस्पछि बालेनलाई आपत, आलोचनापछि मध्यरातमा राखिएको स्ट्याटस मध्यरातमै हटाए

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । जेनजी आन्दोलनसँग जोडिएर आलोचना खेप्दै आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह फेरि आफ्नै स्ट्याटसका कारण विवादमा परेका छन् । मेयर बालेन शाहले गएराति मध्यरातमा सामाजिक सञ्जाल फेसबुकमा ’आपत्तिजनक स्ट्याटस’ पोष्ट गरेपछि आपतमा परेका हुन् । उनले चौतर्फी आलोचनापछि त्यो स्ट्याटस् हटाए पनि । तर सामाजिक सञ्जालमा पोष्ट भएको त्यो स्ट्याटस् राख्नेबित्तिकै भाइरल बन्यो र हेर्नेहरुले स्क्रिनसर्ट लिइहाले । शनिबार मध्यराति गरेको पोस्ट आलोचनापछि केहीबेरमै उनले हटाएका हुन् ।

हटाएको पोष्टको स्क्रिनसर्ट अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त स्क्रिनसर्टमा बालेनले छिमेकी देश भारत, चीन र अमेरिका तथा नेपालका प्रमुख राजनीतिक दलहरूलाई गाली गर्न अश्लिल शब्द प्रयोग गरेका थिए । साथै उनले उक्त पोष्टमा प्रमुख दलहरु कांग्रेस, एमाले, माओवादी, रास्वपा र राप्रपा सबै मिलेर पनि केही गर्न नसक्ने बताएका थिए । यतिबेला बालेनको उक्त पोस्टको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । पछिल्लो समयमा जेनजी आन्दोलन गर्न युवाहरूलाई उक्साएर आफु लुकेको आरोप लागेका बालेनले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन भूमिका खेलेको तर कार्की नेतृत्वको सरकारको कामप्रति असन्तुष्ट जनाएको विषय चर्चामा रहेको छ । सामाजिक सञ्जाल र मिडियामा बालेनले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन प्रधानमन्त्रीलाई दबाब दिएको समेत समाचार आइरहेका छन् ।

 

 

Health Tips Ad Road Block