Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

वीरगञ्ज नाका हुँदै ३ महिनामा ३८ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

Citizenlife ad 2082 falgun to baishak 2083

पर्सा । चालु आर्थिक वर्षको तीन महिनामा वीरगञ्ज नाका भएर ३८ अर्ब नौ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयातबाट १६ अर्ब १२ करोड राजस्व संकलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा रकमको आधारमा पाँच थरीका पेट्रोलिम पदार्थको आयातमा एक अर्ब छ करोड रकमले कमी आएको आएको छ । जबकी गत आवको तीन महिनाको अवधिमा भने ३९ अर्ब १५ करोड मूल्य पर्ने पेट्रोलियम पदार्थको आयात हुँदा १६ अर्ब सात करोड राजस्व संकलन भएको छ ।

भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा पेट्रोलियम पदार्थको आयातमा केही कमी आएको बताएका छन् । वीरगञ्ज भन्सार कार्यालयका चालु आवको असोज मसान्तसम्म १५ अर्ब ७२ करोड मूल्य पर्ने एक लाख ७४ हजार ९२४ किलोलिटर डिजेल आयात भएको छ । सो डिजेल आयातबाट छ अर्ब ९६ करोड राजस्व संकलन भएको छ ।

चालु आवको तीन महिनामा १० अर्ब ७२ करोड मूल्य पर्ने एक लाख २५ हजार ३८० किलोलिटर पेट्रोल आयात भएको छ । सो पेट्रोल आयात हुँदा सात अर्ब नौ करोड राजस्व सङ्कलन भएको छ । चालु आवको तीन महिनाको अवधिमा सात अर्ब ४९ करोड मूल्य पर्ने सात करोड ३९ लाख ७७ हजार दुई सय ७१ किलोग्राम एलपी ग्यास आयात भएको छ ।

Health Tips Ad Road Block