काठमाडौं । काठमाडौंका अतिक्रमिक जग्गा तथा मापदण्ड विपरितका संरचना हटाउन सात दिनको समय दिइएको छ । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले एक सूचना जारी गर्दै अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन दिएको हो ।
गत असोज २ गते बसेको महानगरपालिका र प्राधिकरणको संयुक्त बैठकले आज सार्वजनिक सूचना जारी गरी अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना खाली गर्ने/हटाउने निर्णय गरेको थियो ।
काठमाडौं महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्ला भित्रका सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरिीतका संरचना नहटाए कारबाही गरी खाली गर्ने चेतावनी समेत दिएको छ ।






















