Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

लुम्बिनी लायन्स र एक्स्ट्राटेक ओभलबीच दीर्घकालीन साझेदारी सम्झौता

Citizenlife ad 2082 falgun to baishak 2083

भैरहवा । लुम्बिनी लायन्स र भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानबीच दीर्घकालीन साझेदारी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा एक्स्ट्राटेक ओभलका तर्फबाट विनोद कुँवर र लुम्बिनी लायन्सका तर्फबाट अध्यक्ष ईश्वर जिसीले हस्ताक्षर गरेका छन् ।

यो सम्झौताका माध्यमबाट नेपालको खेल पूर्वाधार विकासमा एउटा ऐतिहासिक कदम चालिएको विश्वास कम्पनीले गरेको छ । सम्झौताअनुसार एक्स्ट्राटेक ओभल अब लुम्बिनी लायन्सको आधिकारिक घरेलु मैदान तथा तयारी केन्द्र हुनेछ ।

यो साझेदारी पश्चिम नेपालमा विश्वस्तरीय क्रिकेट पूर्वाधार विकास गर्ने साझा दृष्टिकोणमा आधारित रहेको बताइएको छ । यस अन्तर्गत लुम्बिनी लायन्सले एक्स्ट्राटेक ओभलमा प्रशिक्षण, अभ्यास खेल, कोचिङ क्याम्प तथा रणनीतिक बैठकहरू सञ्चालन गर्नेछ । साथै आगामी वर्षहरूमा एनपीएल का लागि पनि तयारी हुनेछ तथा अन्य राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका क्रिकेट प्रतियोगिताका घरेलु खेलहरू पनि यही मैदानमा आयोजना गरिनेछ ।

सम्झौता हस्ताक्षर समारोहमा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले भने, ‘एक्स्ट्राटेक ओभल हाम्रो लागी केवल एउटा मैदान मात्र होइन, लुम्बिनी लायन्सको घर हो र सोही अनुरुप हाम्रो पहिचान बन्नेछ तथा यो स्थान हाम्रो तयारी र यात्राको जग बन्नेछ । एक्स्ट्रा ओभर टीमलाई विशेष धन्यवाद, उहाँहरूले निजी लगानीमा यति ठूलो काम गरी रहनु भएको छ यसमा हाम्रो तर्फबाट उहाँहरूलाई हौसला प्रदान गर्न साथै सहयात्री बन्न जोडिएका छौं। यसले लुम्बिनीको मात्र नभई समग्र नेपाली क्रिकेट विकासमा ठूलो योगदान दिनेछ भन्ने हामीलाई लाग्छ र सोही अनुरूप हामी नेपाली क्रिकेटलाई थप उचाइमा पु¥याउन साझा जमर्को गर्दैछौं ।’

त्यस्तै एक्स्ट्राटेक ओभलका प्रतिनिधि विनोद कुँवरले भने, ‘नेपालमा विश्वस्तरीय क्रिकेट सुविधा विकास गर्ने दिशामा यो साझेदारीले हामीलाई अझ दृढ वनाउने छ र नेपालै तथा लुम्विनी पर्देशको क्रिकेट विकासमा यो सम्झौताले दुरगामी सकारात्मक सन्देश प्रवाह गर्नेछ भन्ने हाम्रो साझा विश्वास हो ।’

सम्झौताअनुसार एक्स्ट्राटेक ओभलमा मुख्य ओभल, अभ्यास नेट, पिच, फ्लडलाइट, ग्राउन्ड मर्मत उपकरण तथा क्लब हाउस सुविधा उपलब्ध गराइनेछ । यसले लुम्बिनी लायन्सलाई वर्षभरि व्यावसायिक स्तरको प्रशिक्षण र तयारीको वातावरण प्रदान गर्नेछ भन्ने हाम्रो दृढ विश्वास छ ।

यो सम्झौता लुम्बिनी प्रदेशमा क्रिकेटको दीर्घकालीन विकास र खेलाडी उत्पादनमा नयाँ सम्भावनाहरू सिर्जना गर्ने महत्वपूर्ण योजनाका रूपमा रहनेछ ।

Health Tips Ad Road Block