Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

साढे चार खर्बभन्दा बढीको वस्तु आयात हुँदा जम्मा ७३ अर्बको मात्रै निर्यात, व्यापार घाटा बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा आयात निर्यातसँगै नेपालको व्यापार घाटा पनि बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको असोजसम्मको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो अवधीमा आयात १९.७९ प्रतिशतले बढेको हो । गत आवको तीन महिनामा ३ खर्ब ९० अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

यसैगरी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निर्यातको अंश ८९.६४ प्रतिशतले बढेको छ । भन्सार विभागकाअनुसार चालु आवको पहिलो तीन महिनामा ७२ अर्ब ७८ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । अघिल्लो भएको यही अवधिमा ३८ अर्ब ३७ करोड रुपैँया बराबरको निर्यात भएको थियो ।

यो तीन महिनामा नेपालले कुल ५ खर्ब ४० अर्ब ८६ करोड ६१ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा ४ खर्ब २९ अर्ब १३ करोड १० लाख रुपैयाँको वैदेशिक व्यापार भएको थियो । यो तीन महिनामा व्यापार घाटा १२.१८ प्रतिशतले बढेको छ । साउनदेखि असोजसम्ममा ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँको ब्यापार घाटा देखिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुलुकको व्यापार घाटा ३ खर्ब ५२ अर्ब रुपैयाँ रहेको थियो ।

यो अवधिमा ६६ अर्ब रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ र ३० अर्बभन्दा बढीको सोयाविन तेल निर्यात भएको देखिन्छ ।

Health Tips Ad Road Block