काठमाडौं । ‘तेस्रो तिहार फ्लोरा एक्स्पो २०८२ ’ एक करोडको कारोबार गर्दै सम्पन्न भएको छ । नर्सरी व्यवसायी संघ नेपालले मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डमा ‘ आयोजना गरेको तेस्रो तिहार फ्लोरा एक्स्पो २०८२ ’शनिबार एक करोडको कारोबारसँगै सम्पन्न भएको हो ।
मेलालाई ३५ हजार बढीले अवलोकन गरेको एक्स्पो संयोजक तथा संघकी उपाध्यक्ष लक्ष्मी महर्जनले जानकारी दिइन् । एक्स्पो अपेक्षा गरेभन्दा धेरेले अवलोकन गरेकाले नर्सरी ब्यवसायीहरुमा उत्साह थपिएको सयोजक महर्जनले बताइन् ।
संघका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले आगामी एक्स्पोमा परम्परागत स्थानीय रैथाने नर्सरी बिरुवाहरुलाई समेत प्राथमिकता दिने प्रतिबद्धता ब्यक्त गरे । व्यवसायायीहरुलाई प्रोत्साहन गर्न घर घरमा राखिएका नर्सरी तथा फुलहरुलाई पनि आगामी दिनमा प्रतिस्पर्धा गराउने अध्यक्ष तिमिल्सिनाले बताए ।
कार्यक्रममा एक्स्पोमा ६२ वटा व्यवसायीक स्टललगायत वनस्पती विभाग, पुष्प विकास केन्द्रसहितको अफिसियल ४ वटा स्टल तथा प्रतिश्पर्धाको ४ वटा स्टल समेत गरी जम्मा ७० वटा स्टल रहेको थियो ।






















