काठमाडौं । हालसालै नेपाली बजारमा प्रवेश गरेको विश्वविख्यात ईभि ब्राण्ड जिली ईएक्स फाइभले नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको कम्पनीले जनाएको छ । नेपालमा सार्वजनिक भएको केवल दुई महिनामै जिली ईएक्स फाइभ म्याक्स र ईएक्स प्रोका गैरीधारास्थित शोरूममा ग्राहक तथा उपभोक्ताहरुको भीड लागिरहँदा गाडीको टेस्ट ड्राइभ, बुकिङ र खरिदमा उल्लेखनीय वृद्धि भएको हो । जसले नेपाली उपभोक्ताहरुको विश्वप्रसिद्ध अटोमोबाइल ब्रान्ड जिली अटोमोबाइल ग्रुपप्रतिको विश्वासलाई झल्काएको कम्पनीको भनाई छ ।
काठमाडौं लगायत पोखरा र विराटनगरसम्मका उत्साही ग्राहकहरू गैरीधारा, शोरूममा स्वस्फूर्तरुपमा आएर जिली ईएक्स फाइभलाई प्रत्यक्ष रूपमा अनुभव गर्दा ईएक्स फाइभ मोडलका स्मार्ट, आकर्षक र वातावरणमैत्री एसयूभी देखेर चकित परेका छन्, जसले विद्युतीय सवारी साधनको परिभाषा नै पुनर्लेखन गरिरहेको कम्पनीको दाबी छ ।
“हामीले सोचेभन्दा निकै राम्रो प्रतिक्रिया पाएका छौं,” एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठले बताए। “शोरूम बाहिर लाइन लागेका दृश्यहरू, रेकर्ड संख्यामा टेस्ट ड्राइभ दर्ता— यी सबैले देखाउँछ कि नेपालीहरू जिलीको ‘स्मार्ट र दिगो मोबिलिटी’ को दृष्टिकोणसँग गहिरो रूपमा जोडिएका छन्।”
उनका अनुसार टेस्ट ड्राइभमा सहभागी ग्राहकहरूले ईएक्स फाइभको स्मूथ परफर्मेन्स र भविष्य केन्द्रित डिजाइनको प्रशंसा गर्दै यसलाई ‘नेपालले कुरिरहेको ईभी’ को संज्ञा दिएका छन् ।
एलआरआर मोटर्सले हाल फोन र सामाजिक सञ्जालमार्फत परिवार, युवा, ब्यवसायी, पेशाकर्मी र ईभि पारखीहरूबाट अत्यधिक सोधपुछ र रुचि प्राप्त गरेको छ । धेरै ग्राहकहरूले ईएक्स फाइभको रेंञ्ज, विश्वसनीयता र आधुनिक सुविधाप्रति विश्वास व्यक्त गर्दै यसलाई २०२५ को सबैभन्दा चर्चित विद्युतीय एसयूभीमध्ये एकको उपमा दिएका छन् ।
“जिली ईएक्स फाइभ प्रगतिशील सोच र आत्मविश्वासको प्रतीक हो,” एलआरआर मोटर्सका निर्देशक जीवन जंग शाहीले भने। “हामीले पाएको जिली ईएक्स फाइभ प्रतिको उत्साह र स्विकार्यताले नेपाली उपभोक्ताहरुले उनीहरू जिली ग्रुपको गौरवपूर्ण इतिहाससँगै परिवर्तनको नेतृत्व गर्न उत्साहित रहेको देखाएको छ ।”
उच्च मागका कारण एलआरआर मोटर्सले शोरूम समय विस्तार र थप टेस्ट ड्राइभको समय बढाएको घोषणा गरेको छ । हाल गैरिधारास्थित शोरूम बिहान ९ बजे देखि साँझ ८ बजेसम्म सञ्चालनमा छ, साथै शनिवार र सार्वजनिक बिदामा पनि खुला रहेको बताइएको छ ।
यो उत्साहलाई थप उचाइमा पु¥याउन, एलआरआर मोटर्सले आफ्ना ग्राहकहरूका लागि विशेष फेस्टिभ अफरहरू घोषणा गरेको छ । अफर अन्तर्गत नयाँ खरिदकर्ताहरूले आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बीमा, सजिलो फाइनान्स सुविधा, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, थप बोनस र उपहार प्याक लगायतका लाभ प्राप्त गर्न सक्नेछन् ।






















