काठमाडौं । नवप्रर्वतन र नवीनताद्वारा प्रेरित आर्थिक वृद्धिको व्याख्या गर्ने असाधारण योगदानका लागि तीनजना अर्थशास्त्रीहरु जोएल मोकिर, फिलिप अघियन र पिटर होविटलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ । मोकिर अमेरिकाको नर्थवेस्टर्न विश्वविद्यालयसँग, फिलिप फ्रान्सको कलेज डे फ्रान्स र लन्डन स्कूल अफ इकोनोमिक्ससँग तथा हाविट अमेरिकाकै ब्राउन विश्वविद्यालयसँग आबद्ध छन् ।
त्यस्तै अघियन र हाविटले सन् १९९२ मा प्रकाशित एक प्रसिद्ध शोधपत्रमार्फत निरन्तर आर्थिक वृद्धिको संयन्त्र स्पष्ट गररे । उनीहरूले ‘रचनात्मक विनाश’ (क्रिएटिभ डिस्ट्रक्सन) को अवधारणामा आधारित गणितीय मोडेल विकास गरेका थिए ।
आर्थिक विज्ञानका क्षेत्रमा उनीहरुको महत्वपूर्ण अनुसन्धानका लागि यो पुरस्कार उनीहरुलाई दिइएको हो । जोएल मोकिर, फिलिप अघियन र पिटर होविटले नवप्रवर्तनलाई आर्थिक वृद्धिको मुख्य इन्जिनका रुपमा वर्णन गरेका छन् । नवप्रवर्तन भनेको नयाँ विचार, उत्पादन वा प्रक्रियाहरु परिचय गराउनु हो । यो कामले अर्थतन्त्रलाई बलियो बनाउँछ र मानिसहरुको जीवनको गुणस्तर सुधार गर्नेछ ।





















