काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई काठमाडौं,सुकेधारामा रहेको मर्क्युर होटलमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरुले यस होटलमा आवास सेवा लिँदा १५ प्रतिशत र खाना तथा पेयपदार्थमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्ने बताइएको छ ।
सुविधाको उपयोग गर्न ग्राहकहरुले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ । होटलसँगको उक्त सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।






















