Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सन्दिप लामिछाने एक्लैले ५ विकेट लिएपछि आश मारेको खेलमा नेपालको रोमाञ्चक जित, नेपाल विश्वकप नजिक

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया एन्ड इएपी छनोट खेलमा नेपालले दोस्रो खेलमा पनि रोमाञ्चक जित निकालेको छ । सुरुका ओभरमा कतारले धेरै रन बटुलेपछि देश तथा विदेशका नेपालीहरु अब नेपालले जित्न सक्दैन भनेर भनिरहेका थिए । तर क्रिकेट खेलमा अन्तिमसम्म पनि आश हुन्छ भन्ने मान्यता राखिन्छ । त्यो मान्यतालाई छनोट खेलमा नेपालले दोस्रोपटक प्रमाणित गरिदियो ।

युएईसँगको पहिलो खेलमा १ रनको रोमाञ्चक जित निकालेको नेपालले दोस्रो खेलमा पनि ५ रनको रोमाञ्चक जित निकालेको हो ।

यसले नेपाललाई टी–ट्वान्टी विश्वकपको नजिक पुर्याएको छ ।

हिजो राति भएको खेलमा नेपालले कतारलाई ५ रनले हराएको हो । नेपालले दिएको एक सय ४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा एक सय ४२ रनमा अल आउट भयो । खेलमा सन्दीप लामिछाने एक्लैले ३ ओभर ५ बल बलिङ गर्दा १८ रन खर्चेर ५ विकेट लिए । ट्वान्टी–२० अन्तर्राष्ट्रियको एकै प्रतियोगितामा ५ विकेट लिएको सन्दीप लामिछानेको यो दोस्रो पटक हो । त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर एक सय ४७ रन बनाएको थियो ।

सुपर ६ मा नेपाल र ओमानको समान ६ अंक छ । नेपालले भोलि ओमानसँग खेल्नेछ । भोलिको खेल विश्वकप छनोटका लागि निर्णायक बन्नेछ । नेपालले अन्तिम खेल आउँदो शुक्रवार सामाओसँग खेल्नेछ ।

सुपर–६ का शीर्ष तीन टोलीले आगामी वर्षको फेब्रुअरी–मार्च भारत र श्रीलंकामा हुने आइसिसी टी–२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन् । शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी–२० कपमा छनोट हुनेछ ।

Health Tips Ad Road Block