काठमाडौं । आज असोज २७ गते सोमबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य २ लाख ४० हजार ४ सय रुपैयाँमा पुगेको छ । यो नेपाली बजारको हालसम्मकै उच्च मूल्य हो । आइतबारको तुलनामा आज मूल्य तोलामा २४ सय रुपैयाँले बढेको हो । आइतबार २ लाख ३८ हजार रुपैयाँ तोलामा सुनको किनबेच भएको थियो ।
आज चाँदी पनि ३ हजार २ सय २० रुपैयाँ तोलाको नयाँ रेकर्डको विन्दुमा पुगेको छ । हिजोको तुलनामा मूल्य तोलामा ९५ रुपैयाँले बढेको हो ।






















