Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

फोटोनले टुनल्याण्ड पिकअप ग्राहकका लागि ल्यायो “जिरो कस्ट अफर”

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । फोटोनले आफ्नो लोकप्रिय पिकअप मोडेल फोटोन टुनल्याण्डका ग्राहकहरूका लागि रोमाञ्चक “जिरो कस्ट अफर” घोषणा गरेको छ। यो लिमिटेड टाइम अफर अन्तर्गत ग्राहकहरूले ३ वर्ष वा १२ पटकसम्मको निशुल्क प्रिभेन्टिभ मेनटेनेन्स सर्भिस (PMS) को सुविधा पाउनेछन्। यस अफरले टुनल्यान्डका मालिकहरूलाई सर्भिस खर्चको चिन्ता बिना नै आफ्नो गाडी मर्मत गर्न सजिलो बनाउनेछ, जसले गर्दा यो अफर नेपालभरका पिकअप प्रेमीहरूका लागि स्मार्ट र किफायती विकल्प बनेको छ। यो अफर ३१ अक्टोबर २०२५ सम्म मान्य रहने कम्पनीले जनाएकाे छ।

यसमा निःशुल्क मर्मत सेवामा एयर फिल्टर, डिजेल फिल्टर, एसी फिल्टर, इन्जिन ओइल, गियर ओइल र क्राउन ओइल जस्ता महत्वपूर्ण कम्पोनेन्ट समावेश छन्। यी कम्पोनेन्टहरूले गाडीलाई उच्च स्तरमा पर्फर्मेन्स दिन र कार्यक्षमता बढाउन मद्दत गर्छन्। फोटोनले यी पार्ट्सहरूको निःशुल्क मर्मत सेवा उपलब्ध गराएर ग्राहकलाई झन्झटमुक्त ड्राइभ अनुभव दिलाउने र गाडीको भरपर्दो पर्फर्मेन्सलाई निरन्तरता दिने उद्देश्य राखेको छ। तर ध्यान दिनु पर्ने कुरा के हो भने यो सेवा माथि उल्लेख गरिएका पार्ट्सहरूमा मात्र सीमित रहने कम्पनीकाे भनाई छ।

टुनल्याण्डलाई नेपाली बजारमा एक शक्तिशाली, टिकाउ र भरपर्दो बहुउपयोगी सवारीका रूपमा विश्वास प्राप्त छ। यो मोडेल लगातार नेपालका सबैभन्दा धेरै बिक्री हुने पिकअपमध्ये एक रहँदै आएको दाबी गरिएकाे छ।

जिरो कस्ट अफर”ले फोटोनलाई ग्राहक सन्तुष्टि र भ्यालुमा केन्द्रित हुन अझ प्रतिबद्ध बनाएको र यस अफरमार्फत कम्पनीले आफ्ना ग्राहकहरूसँगको सम्बन्धलाई अझ सुदृढ पार्दै गाडी किन्न सजिलो र फाइदाजनक बनाउने लक्ष्य लिएको छ।

Health Tips Ad Road Block