काठमाडौं । नेपाल आयल निगमले पृश्वि राजमार्ग लगायत राजमार्गहरुमा पेट्रोलियम पदार्थको अभाव नरहेको स्पष्ट पारेको छ । एक सूचना जारी गर्दै नियमले यसबारे स्पष्ट पारेको हो ।
निगमका प्रवक्ताद्धारा जारी सूचनामा भनिएको छ, ‘मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध भएको कारणबाट पृथ्वी राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा देखिएको पेट्रोलियम पदार्थको अभाव समाधान भईसकेको र अब सो राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थको अभाव नरहेको व्यहोरा सम्पूर्ण सरोकारवाला पक्षलाई जानकारी गराउन चाहन्छु।’






















