Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

१० लाखभन्दा कम विनियोजन भएका आयोजना कार्यान्वयन नगर्नेसहित सुदूरपश्चिम सरकारले गर्यो खर्च कटौतिका ५ निर्णय

Citizenlife ad 2082 falgun to baishak 2083

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले खर्च कटौतिका विभिन्न ५ निर्णय गरेको छ । मुख्यमन्त्री निवासमा बसेको सुदूरपश्‍चिम प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले खर्च कटौति सम्वन्धि निर्णय गरेको हाे ।

यस्ता छन् प्रदेश सरकारका निर्णयः

१. रु. १० लाख भन्दा कम विनियोजन भएका आयोजना कार्यान्वयन नगर्ने/नगराउने।

२. प्रदेश सरकार मातहतका निकायहरूबाट संचालन हुने कुनै पनि आयोजनाहरू उपभोक्ता समितिमार्फत कार्यन्वयन नगर्ने/नगराउने।

३. एउटै क्रियाकलाप नम्वरमा समावेश भएका दुई वा दुईभन्दा बढी खानेपानी तथा सिँचाई बाहेकका आयोजना तथा कार्यक्रम कार्यान्वयन नगर्ने ।

४. हाल विनियोजन रकममा छपाई तथा प्रकाशन तर्फ ७० प्रतिशत र बैठक भत्ता, भ्रमण भत्ता, अनुगमन तथा मूल्याङ्कन खर्च, तालिम, गोष्ठी तथा सेमिनार तर्फ विनियोजन बजेटको ५० प्रतिशत कटौती गर्ने ।

५. अनुभव आदान प्रदान तथा अन्तर प्रदेश भ्रमण, दिवस, समाहरोह, उत्सव मनाउने जस्ता कार्यक्रम कार्यान्वयन नगर्ने ।

Health Tips Ad Road Block