चितवन । लगातारको वर्षा र पहिरो खस्ने उच्च जोखिमका कारण आज राति ९ बजेदेखि मुग्लिङ–नारायणगढ सडक खण्डमा सबै प्रकारका सवारीसाधन प्रवेश गर्न रोक लगाइएको छ । यसअघि दिउँसो ४ बजे झण्डै ४५ घण्टाको जामपछि बाटो खुलेको थियो । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार तुइन खोला नजिकैको सडक खण्डमा पहिरो खस्ने क्रम अझै रोकिएको छैन ।
यात्रुको सुरक्षा प्राथमिकता दिँदै रातभर सवारी आवागमन बन्द गर्न निर्णय गरिएको हो । सडक बन्द हुने समयमा मुग्लिङ र नारायणगढतर्फबाट कुनै पनि सार्वजनिक तथा निजी सवारीसाधनलाई प्रवेश नदिन प्रहरीलाई निर्देशन दिइएको छ ।






















