skip this News Page Tips Ad Road Block

याडिया ओविन नेपाली बजारमा सार्वजनिक, दशैं विशेष मूल्य रु. २,१०,०००

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले बहुप्रतिक्षित याडिया ओविन विद्युतीय स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ।

याडिया ओविन इटालीयन शैलीबाट प्रेरित आकर्षक रेट्रो–मोडर्न डिजाइनमा बनेको छ। यो स्कुटर शहरीया परिवेशमा सजिलो यात्राका लागि निर्माण गरिएको हो। यसमा २८०० वाट क्षमताको मोटर, ७२ भोल्टको ३० ए.एच. ब्याट्री र एकपटक चार्ज गर्दा १०५ किलोमिटरसम्म यात्रा गर्न सकिने सुविधा छ। साथै सजिलै चलाउन मिल्ने क्रुज कन्ट्रोल र पछाडि फर्केर पनि चलाउन सकिने रिभर्स असिस्ट जस्ता सुविधा पनि दिइएको छ।

याडिया ओविनको आधिकारिक मूल्य रू. २,३५,००० तोकिएको भए पनि समस्त नेपालीहरुको महान पर्व दशैँ, तिहार, एवं छठलाई लक्षित गर्दै विशेष  मूल्य: रू. २,१०,००० घोषणा गरिएको छ। यसका साथै लगातार ८ वर्ष विश्वकै नम्बर १ इलेक्ट्रिक टु व्हिलर ब्रान्ड बन्न सफल भएको उपलब्धि मनाउन पनि यस विशेष मूल्यको घोषणा गरिएको र यो मूल्य सिमित संख्याका लागि मात्र उपलब्ध हुने पनि कम्पनीले जानकारी दिएको छ।

हरेक याडिया उत्पादन जस्तै याडिया ओविन पनि ३ वर्ष वा ५०,००० किलोमिटरसम्मको वारेन्टीसहित आउँछ। यसले प्रयोगकर्तालाई लामो समयसम्म निश्चिन्त बनाउँछ।

“ओविन केवल स्कुटर मात्र नभएर यसले नेपाली उपभोक्तालाई नयाँ पुस्ताको स्टाइल, स्मार्ट सुविधाहरु र वातावरणमैत्री सवारी साधनको अनुभव प्रदान गर्दछ। दशैं विशेष अफर हाम्रो ग्राहकहरूसँग मिलेर याडेआको सफलता मनाउने तरिका हो,” -कुजु नेपाल प्रालिका प्रवक्ताले जानकारी दिए।

 

Health Tips Ad Road Block