skip this News Page Tips Ad Road Block

प्रदर्शनकाक्रममा खोसिएका हतियार तत्काल फिर्ता गर्न सेनाको आग्रह, फिर्ता नगरे कारबाही गर्ने चेतावनी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । जेनजी नेतृत्वको आन्दोलनका क्रममा कोही कसैले सुरक्षाकर्मीहरुबाट लुटिएका–फेला पारेका हातहतियार, गोलीगठ्ठा एवम् सुरक्षा सामग्रीहरु नजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई यथाशीघ्र बुझाउन नेपाली सेनाले सबैलाई आग्रह गरेको छ ।

त्यस्ता हातहतियारहरुको दुरुपयोग भई जनधनको क्षति हुनसक्ने भएकोले त्यस सम्बन्धी सूचना प्राप्त गर्ने व्यक्तिले सुरक्षा निकायलाई जानकारी गराउन र सम्बन्धितलाई हतियार बुझाउन प्रेरित गर्न अनुरोध गरेको छ । साथै, यस संवेदनशील परिस्थितिमा सुरक्षा निकायका पोशाकहरुको अनाधिकृत प्रयोग नगर्न पनि नेपाली सेनाले अनुरोध गरेको छ ।

नेपाली सेनाले उक्त हातहतियार र गोलीगठ्ठा नबुझाई कसैसँग फेला परेमा प्रचलित कानून बमोजिम कारवाही हुने जनाएको छ ।

Health Tips Ad Road Block